नियम
प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्ने
(१) न्यायाधिकरणमा उजुरी निवेदन दर्ता भएपछि सो मितिले पन्ध्र दिन भित्र सो उजुरी निवेदनको एक प्रति प्रतिलिपि समेत संलग्न राखी सम्बन्धित प्रतिवादीका नाउ“मा अनुसूची–२ बमोजिमको ढा“चामा न्यायाधिकरणले म्याद जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको म्याद तामेल गर्दा प्रतिवादी वा निजका एकाघर परिवारका कुनै सदस्यलाई बुझाइ तामेल गर्नु पर्दछ । यसरी बुझाउँदा प्रतिवादी वा निजको एकाघर परिवारको कुनै सदस्य फेला नपरेमा वा निजको घर डेरा पत्ता नलागेमा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको कुनै सदस्य वा प्रतिनिधि वा कुनै दुईजना स्थानीय व्यक्तिलाई रोहबरमा राखी सो म्याद प्रतिवादीको घर डेरा भएको सार्वजनिक स्थानमा टा“स गर्नु पर्नेछ र सो बमोजिम म्याद टा“स भएपछि प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
तर बैङ्क वा वित्तीय संस्थाले गलत ठेगाना लेखिदिएको वा न्यायाधिकरणद्वारा गलत ठेगाना उल्लेख गरेको कारणले प्रतिवादी वा निजको घर डेराको पत्ता नलागेको रहेछ भने त्यसरी म्याद टाँस हुँदैमा रीतपूर्वक म्याद तामेल भएको मानिने छैन ।
(३) उपनियम (२) बमोजिमको म्याद तामेल गर्न जाने कर्मचारीले बाटाका म्याद बाहेक सामान्यतः दुई दिन भित्र म्याद तामेल गरी सक्नु पर्नेछ ।
(४) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै फर्म, कम्पनी वा संस्था प्रतिवादी भई त्यस्तो प्रतिवादीका नाउँमा प्रतिउत्तरपत्र पेश गर्न म्याद जारी गर्दा यस्तो फर्म, कम्पनी वा संस्थाको रजिष्टर्ड कार्यालयमा हुलाक मार्फत रजिष्ट्री गरी पठाएमा वा त्यस्तोकार्यालयको टेलि फ्याक्स, इमेल वा अन्य विद्युतीय संचार माध्यमबाट पठाएमा त्यस्तो म्याद रीतपूवर्क तामेल भएको मानिनेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै प्रतिवादीका नाउँमा म्याद जारी गर्दा त्यस्तो म्याद जारी हुन नसकेको प्रतिवेदन पर्न आएमा सम्बन्धित प्रतिवादीको नाउँमा जारी भएको म्याद सम्बन्धी सूचना रेडियो, टेलिभिजन वा राष्ट्रिय स्तरको कुनै पत्रपत्रिकामा प्रसारण वा प्रकाशन गर्न सकिनेछ । त्यसरी प्रसारण वा प्रकाशन भएको अवस्थामा त्यस्ता प्रतिवादीका नाउँमा त्यस्तो म्याद यस नियमावली बमोजिम रीतपूर्वक तामेल भएको मानिनेछ ।